जैमुरेमा २ लेनको पक्की पुल आवश्यक छः उम्मेदवार विन्दु थापा

पाेखरा | कात्तिक २३, २०७९

जैमुरेमा २ लेनको पक्की पुल आवश्यक छः उम्मेदवार विन्दु थापा

पोखराः   कास्की क्षेत्र नं. २(२) का प्रदेशभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले पोखरा १६ स्थित जैमुरेमा पक्की पुलको आवश्यकता महसुस गरेको बताएका छन् । 

 

गठबन्धनको तर्फबाट प्रत्यक्ष उम्मेदवार बनेका थापाले बुधबार पोखरा महानगरपालिका १६ स्थित जैमुरेमा भएको कोणसभामा सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । उनले महानगरको ठूलो र शिक्षित वडामा पर्ने १६ नं. वडा विकास र संवृद्धिको हिसाबले निकै पछि परेको सुनाउँदै उक्त क्षेत्रको विकासमा कांग्रेस नेतृत्वको गठबन्धनको सरकारले ठूलो रकमको आयोजना पारेको बताए । 

 

थापाले आफु घरदैलो कार्यक्रममा आउँदै गर्दा जैमुरेमा पक्की पुलको आवश्यकता देखेको बताउँदै यो समस्याको समाधान छिटो नै गर्ने बताए । ‘यहाँको पुल जीर्ण अवस्थामा भएको मैले महसुस गरे ।


जीर्णपुलले अब चल्दैन । त्यो भत्काएर २ लेनको पक्की पुल निमार्ण गर्नपर्ने देखियो ।’, उनले भने, ‘यो काम पनि चाडै नै हुन्छ यसका लागि बैकल्पिक सडक बनाएर बनाउनुपर्ने अवस्था छ । त्यसको लागि तपाईँहरुको साथ र सहयोग चाहिन्छ ।’

 

थापाले गत आर्थिक वर्षमा वडा १६ मा  २२ करोड रुपैयाँको योजना परेको र चालु आर्थिक वर्षमा भने १ अर्ब १८ करोडको आयोजना परेको सुनाए । 

 

वडा १६ कतिपय स्थानमा अझै पनि पक्की बाटो नपुगेको र भएका पनि स्तरोन्नति गर्न आवश्यक रहेको सुनाउँदै थापाले विकासको पहिलो खुड्किलो नै सडक रहेको भनाई राखे । 

 

उनले वडाबासीबाट आउँदा दिनमा पनि काम गर्ने अवसर दिनेमा आफु आशावादी रहेको बताए । उनले पाँच वर्षमा प्रदेशमा जग राखी विकासका आधारशिला तयार गर्ने काम गरेको र अबको पाँच वर्ष विकास र सम्वृद्धिको रहेको सुनाए । 

 

‘विकासका लागि चाहिने संरच​ना बनायौं । अब विकासको लहर लाग्छ । हाम्रो क्षेत्र उर्जाको अथाहा सम्भावना बोकेको क्षेत्रपनि हो । अहिले सम्म ६५० मेगावट मात्रै १२ हजार उत्पादन गर्न सक्छौ’, उनले भने, ‘यदि हामीले १२ हजार मेगावटको जलविद्युत निकाल्न सकेमा युवाहरु विदेशीन बाध्य हुने छैनन् । स्वदेशमै रोजगारको अवसर सृर्जना हुन्छ । त्यतिमात्रै होइन् वडा १६ लाई पर्यटनको हवको रुपमा समेत विकास गर्न आवश्यक छ । अर्को कुरा यो कृषि पकेट क्षेत्रपनि हो यहाँ कृषिका अथाह सम्भावना हामीले देखेका छौँ ।’

पोखरा:   एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...

थप पढ्नुहोस्

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...

थप पढ्नुहोस्

पोखरा:   गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

थप पढ्नुहोस्