जैमुरेमा २ लेनको पक्की पुल आवश्यक छः उम्मेदवार विन्दु थापा
पाेखरा | कात्तिक २३, २०७९
पोखराः कास्की क्षेत्र नं. २(२) का प्रदेशभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले पोखरा १६ स्थित जैमुरेमा पक्की पुलको आवश्यकता महसुस गरेको बताएका छन् ।
गठबन्धनको तर्फबाट प्रत्यक्ष उम्मेदवार बनेका थापाले बुधबार पोखरा महानगरपालिका १६ स्थित जैमुरेमा भएको कोणसभामा सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । उनले महानगरको ठूलो र शिक्षित वडामा पर्ने १६ नं. वडा विकास र संवृद्धिको हिसाबले निकै पछि परेको सुनाउँदै उक्त क्षेत्रको विकासमा कांग्रेस नेतृत्वको गठबन्धनको सरकारले ठूलो रकमको आयोजना पारेको बताए ।
थापाले आफु घरदैलो कार्यक्रममा आउँदै गर्दा जैमुरेमा पक्की पुलको आवश्यकता देखेको बताउँदै यो समस्याको समाधान छिटो नै गर्ने बताए । ‘यहाँको पुल जीर्ण अवस्थामा भएको मैले महसुस गरे ।
जीर्णपुलले अब चल्दैन । त्यो भत्काएर २ लेनको पक्की पुल निमार्ण गर्नपर्ने देखियो ।’, उनले भने, ‘यो काम पनि चाडै नै हुन्छ यसका लागि बैकल्पिक सडक बनाएर बनाउनुपर्ने अवस्था छ । त्यसको लागि तपाईँहरुको साथ र सहयोग चाहिन्छ ।’
थापाले गत आर्थिक वर्षमा वडा १६ मा २२ करोड रुपैयाँको योजना परेको र चालु आर्थिक वर्षमा भने १ अर्ब १८ करोडको आयोजना परेको सुनाए ।
वडा १६ कतिपय स्थानमा अझै पनि पक्की बाटो नपुगेको र भएका पनि स्तरोन्नति गर्न आवश्यक रहेको सुनाउँदै थापाले विकासको पहिलो खुड्किलो नै सडक रहेको भनाई राखे ।
उनले वडाबासीबाट आउँदा दिनमा पनि काम गर्ने अवसर दिनेमा आफु आशावादी रहेको बताए । उनले पाँच वर्षमा प्रदेशमा जग राखी विकासका आधारशिला तयार गर्ने काम गरेको र अबको पाँच वर्ष विकास र सम्वृद्धिको रहेको सुनाए ।
‘विकासका लागि चाहिने संरचना बनायौं । अब विकासको लहर लाग्छ । हाम्रो क्षेत्र उर्जाको अथाहा सम्भावना बोकेको क्षेत्रपनि हो । अहिले सम्म ६५० मेगावट मात्रै १२ हजार उत्पादन गर्न सक्छौ’, उनले भने, ‘यदि हामीले १२ हजार मेगावटको जलविद्युत निकाल्न सकेमा युवाहरु विदेशीन बाध्य हुने छैनन् । स्वदेशमै रोजगारको अवसर सृर्जना हुन्छ । त्यतिमात्रै होइन् वडा १६ लाई पर्यटनको हवको रुपमा समेत विकास गर्न आवश्यक छ । अर्को कुरा यो कृषि पकेट क्षेत्रपनि हो यहाँ कृषिका अथाह सम्भावना हामीले देखेका छौँ ।’
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

